Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभा विघटनकाे चर्काे विराेध भएपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य !


    आइतबार, पुष २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अभिवेशन आजै अन्त्य हुने भएको छ । राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार राष्ट्रिय सभाको अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अन्त्य हुने भएको हो ।

    प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

    राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रियसभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका हुन् ।

    गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभाकाे बैठक पनि अन्त्य गर्न लागेका हुन् । प्रतिनिधि सभा विघटन भएपछि सरकार र प्रधानमन्त्रीकाे चर्काे विराेध भइरहेकाे छ । राष्ट्रिय सभाकाे बैठकमा समेत प्रतिनिधि सभा विघटनकाे चर्काे विराेध भइरहेकाे छ ।

    प्रतिनिधि सभा विघटनकाे प्रतिपक्षले मात्रै हाेइन सत्तारूढ दल नेकपाकै प्रचण्ड-नेपाल समूहले चरणबद्ध रूपमा विराेधका कार्यक्रम गरिरहेकाे छ ।

    प्रचण्ड-नेपाल समूह समर्थित नेकपाकै सांसद र प्रतिपक्षका सांसदहरूले राष्ट्रिय सभाकाे बैठकमा प्रतिनिधि सभा विघटनकाे चर्काे आलाेचना भएपछि प्रधानमन्त्रीले राष्ट्रिय सभाकाे हिउँदे अधिबेसन अन्त्य गर्न लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार