काठमाडौं। आन्दोलनरत शिक्षक महासंघले सरकारसँग वार्तामा आउन अस्विकार गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले वार्ताका लागि आज ३ बजे सिंहदरबारमा बोलाइएको थियो । तर, महासंघले वार्तालाई खारेज गरेको जनाएको छ ।
“वार्तामा बोलाएको हो । तर वार्तालाई हामीले खेर गर्यौं। वार्ता होइन शिक्षा ऐन खोजेको हो,’ आन्दोलन परिचालन समितिको संयोजक एंव महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “हामी आन्दोलनको मैदानमा छौँ। सिंहदरबार जादैनौं।’
बिहीवार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।
शिक्षक महासंघको टोली नगएपनि सरकारी टोली भने छलफलमा सहभागी भएका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन्। २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् । गत २०८० असोजमा भएको सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन्।
पटकपटक सम्झौता गरेर सरकारले धोका दिएको भन्दै महासंघले अन्तिम लडाइँ भएकाले सहमति मात्र नगर्ने अडान लिएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend