Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिनकुनेमा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दाबी


    शुक्रबार, चैत्र २२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले म्याद नाघेको अश्रुग्यास प्रहार नभएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आईजीपी थापाले म्यान गुज्रिएका अश्रुग्यास प्रयोग नभएको बताएका हुन् ।

    ‘म्याद नाघेको, ननाघेको विषयमा मलाई जानकारी भएन,’ समितिका सभापति रामहरि खतिवडाले म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने आएको छ नि भनेर सोधेपछि जवाफ दिँदै थापाले भने, ‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौँ । म्यान नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’

    तर सोही दिन तीनकुनेमा प्रहार गरिएका अश्रुग्याँस म्याद नाघेका भएका विभिन्न विडीयो र तस्बिरहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती रहेका छन् । यसरी प्रहरी नागरिकको स्वाथ्य माथी गैरैजिम्मेवार भइरहेको देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार