Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • जनमतका उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बन


    शुक्रबार, चैत्र २२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ ।

    महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नु अघि साहलाई सात दिने स्पष्टीकरण सोधिएको थियो । साहले पार्टीमा पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाउँदै छ महिना निलम्बन गरिएको हो । पार्टीले छ महिनाका लागि निलम्बिन गरेको साहले अनलाइनखबरसँग बताए ।

    पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्बाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्धमा गतिविधि गरेको लगायतका आरोप लगाइएको थियो । साहले आफू माथि लागेका आरोपको आधार पुष्टि गर्न माग गर्दै स्पष्टीकरण बुझाएको जानकारी गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार