Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ


    शुक्रबार, चैत्र २२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।

    यसरी पक्राउ पर्नेमा रूपन्देही, ओमसतिया गाउँपालिका–२ ठुटिपिलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम ५ सय ८० मिलिग्राम सहित एक भारतीय प्रकाउ परेका हुन् ।

    भारत महाराजगंज निचलौल ठुटिबारी बस्ने ४० वर्षीय सलिम मंसुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    उता, जुम्ला, चन्दननाथ नगरपालिका–६ बस्ने २२ वर्षीय रबिन्द्र रोकायालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार