Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ एकैदिन ३ हजार नौ सयले घटयो, तोलाको कति पुग्यो ?


    शुक्रबार, चैत्र २२ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको भाउ आज(शुक्रबार) एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको भाउ तोलामा ३ हजार नौ सय रुपैयाँले घटेको हो ।

    मुल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहिवार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार भने १ हजार ८७० कायम भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार