काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्ले लगाएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो।
महाभियोगका पक्षमा संवैधानिक अदालतका आठै सदस्य एकमत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उनलाई पदबाट हटाएका कारण दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ। राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर संसद्मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए।
तर पनि त्यस्तो प्रयास गरेको भनी दक्षिण कोरियाली संसद्ले उनीविरुद्ध महाभियोग लगाएको थियो। त्यहाँको प्रावधानअनुसार महाभियोलाई संवैधानिक अदालतले सदर गरेपछि मात्र उनी पदबाट हट्नुपर्थ्यो।
शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन्। उनको महाभियोग अदालतमा विचाराधीन रहँदा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सुलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो।
त्यसो त राष्ट्रपति योलविरूद्धको महाभियोग प्रक्रिया अगाडि नबढाएको भनी संसद्ले उनीविरुद्ध पनि महाभियोग लगाएको थियो। तर उनीविरुद्धको महाभियोग संवैधानिक अदालतले अस्वीकृत गरिदिएपछि उनी पुनस् जिम्मेवारीमा फर्किएका थिए।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend