Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल


    बिहिबार, चैत्र २१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले वातावरण प्रदूषणबारे छलफल थालेको छ । कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरोकारवाला र विज्ञहरूसँग छलफल गरिरहेका छन् ।

    अहिले शहरी विकास मन्त्रालयमा छलफल चलिरहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका लगायत देशभर बढेको प्रदूषण रोक्ने विषयमा छलफल भइरहेको मनत्री सिंहको सचिवालयले जनाएको छ ।

    हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    साथै स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार