Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोठामा बसेर निर्देशन दिनुभन्दा समाधानमा लाग्न बालेनलाई सुनिताको आग्रह


    बिहिबार, चैत्र २१ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन साहलाई चेतावनी दिएकी छिन् ।

    बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका थिए । सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईँको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए ।

    लगत्तै उपमेयर सुनिता डंगोलसहितको बैठक बसेको छ । बैठकमा उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन आग्रह गरिन् ।

    यस्तो मनमुटाव संस्थाभित्र हुनुहुँदैन भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारवाही गर्न तयार रहेको उनले बताइन् ।

    ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौँ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार