Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपमेयर डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक जारी


    बिहिबार, चैत्र २१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं हाजिर गर्न पुगेलगत्तै भएको तनावकाबीच अहिले बैठक सुरु भएको छ ।

    उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसिरहेको छ ।गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए ।

    महानगरले निलम्न गरेको प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न आज महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

    त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

    यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार