Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रमुख प्रशासकीय अधिकृतलाई रोक्ने बालेनको प्रयास असफल, कर्मचारीले गराए कार्यालय प्रवेश


    बिहिबार, चैत्र २१ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर भएका छन् । उनलाई रोक्न महानगरका मेयर बालेन साहले गेटमै नगर प्रहरी खटाएका थिए । तर, कर्मचारीलरुले उनलाई रोक्न नदिइ कार्यालय प्रवेश गराएका हुन् ।

    यसअघि आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको पाइएपछि महानगरले पुस ७ गते जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

    यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका थिए । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईँलाई कार्यकक्ष प्रवेश गराएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार