काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि आज तेस्रो दिनपनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि जारी बहस बुधबार पनि नसकिएपछि दुवै निवेदन हेर्दाहेर्दैमा राखिएको थियो । जसअनुसार आज पनि सुनुवाइ हुने भएको हो । सरकारले यहि चैत ११ गते कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
त्यसपछि कुलमानले आफ्नो पदावधि पदावधि ४ महिना बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै सर्वोच्चमा पुर्ननियुक्तिका लागि अन्तरिम आदेश माग गरेका छन् । उता हितेन्द्रले कुलमानको नियुक्ति नै गलत भएको जिकिर गर्दै ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेका छन् ।
बुधबार हितेन्द्रदेव शाक्यका तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए । अब बाँकी सरकारी वकिल र हितेन्द्रदेवका कानुन व्यवसायीले बहस गर्न बाँकी छ । सरकार र हितेन्द्र पक्षका कानुन व्यवसायीले बहस सकेपछि कुलमानका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि सर्वोच्चले आदेश दिनेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend