Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पीएचडी गरेका रास्वपा खोटाङ सभापति राई भाटभटेनी लुटपाटमा पक्राउ


    बिहिबार, चैत्र २१ २०८१
    40.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चैत १५ गते तीनकुने र कोटेश्वरमा दुर्गा प्रसाई नेतृत्वमा भएको राजावादीहरुको प्रदर्शनमा भाटभटेनी सुपरस्टोर्समा लुटपाट गर्नेमध्येका एक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को जिल्ला सभापति समेत रहेका छन् ।

    अमेरिकाबाट पीएचडी गरेका र सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टरसमेत रहेका राजकुमार राई रास्वपाका खोटाङ जिल्ला सभापति भएको खुलासा भएको छ । उनले चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

    खोटाङको राउवाबेसी गाउँपालिका वडा नम्बर १ बस्ने राजकुमार राईलाई पक्राउ गरिएको परिसरको विज्ञप्तिमै उल्लेख छ । रास्वपाको वेबसाइटमा ‘हामी यी काम गर्दैनौं भन्दै पारदर्शीताको बारेमा लेखिएको छ । भ्रष्टाचार निर्मूल गर्ने शक्तिका रुपमा चिनाउँदैआएको रास्वपाका पीएचडीधारी जिल्ला सभापति राई नै मदिरा चोरी गर्न लागेको भिडियो र फोटो सार्वजनिक भइसकेको छ ।

    चैत १५ गते भाटभटेनी लाुटपाट गराउन भीडलाई उत्तेजित पार्ने काम समेत उनैले गरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरी स्रोत बताउँछ । राई पक्राउ परिसकेपछि राईको फेसबुक पेज समेत डीएक्टीभ गरिएको छ । मोवाइल समेत स्वीचअफ छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले राईसहितका भाटभटेनी लुटपाट गर्नेहरुलाई बुधबार ७ दिन म्यादथप गरी अनुसन्धान भइरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार