Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजकुमार राई ३ महिना अगाडि नै पार्टीबाट अलग भएको रास्वपाको प्रष्टीकरण


    बिहिबार, चैत्र २१ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न रहेको भन्दै पक्राउ परेका डा. राजकुमार राई रासवपाबाट ३ महिना अगाडी नै अलग भएको बताएको छ ।

    रास्वपाका सदस्य चोरी र लुटपाटमा संलग्न रहेको भनेर मिडिया र सामाजिक सञ्जालमा आएका समाचार र सामग्रीप्रति आपत्ति जनाउदै केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले विज्ञप्ति जारी गर्दै नाम प्रस्तुत भएका खोटाङका कांग्रेसका पूर्वनेतासमेत रहेका डा. राजकुमार राई, भगवती रोकालगायतका व्यक्ति विगत करिब ३ महिना अगाडि देखि नै पार्टीबाट अलग भएको स्वघोषणा गरेका बताएका हुन् ।

    उनीहरू हाल रास्वपाको कुनै जिम्मेवारीमा नरहेको रास्वपाको प्रष्टीकरण छ । विज्ञप्तिमा भनिएको छ, ‘उनीहरू रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ ।’

    कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानूनको दायरामा आउनुपर्ने र पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानूनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

    सम्बधित समाचार: पीएचडी गरेका रास्वपा खोटाङ सभापति राई भाटभटेनी लुटपाटमा पक्राउ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार