काठमाडौ । देशभरका शिक्षकहरू काठमाडौँको माइतीघर मण्डलास्थित सडकमा प्रदर्शनमा उत्रिएका छन्। विध्यालयमा विध्यार्थीहरुसँग हुनुपर्ने शिक्षकहरु शिक्षा ऐन जारी गर्न र विगतका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइरहेका छन्।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा रिले अनशनमा बसेर आन्दोलन सुरु गरेका उनीहरू यसपटक सडकमा ओर्लिएका हुन्। शिक्षकहरूको प्रदर्शनका कारण काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबार काठमाडौंमा र्याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुँदैछ । त्यसैबीच प्रदर्शनका कारण सो क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूको भनाइ छ ।
नेपाल शिक्षक महासंघले सडक केन्द्रित आन्दोलन माग पूरा नहुन्जेल चलिरहने बताएको छ। संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो ऐनको रूप दिनुपर्ने उनीहरूको माग छ।
ऐनमा शिक्षकसँग यसअघि भएका सहमति हुबहु कार्यान्वयन हुनुपर्ने माग उनीहरूले राखेका छन्। यसअघि गएको असोज पहिलो साता भएको शिक्षकको पाँचदिने सडक आन्दोलनपछि सरकारसँग सातबुँदे सहमति भएको थियो। तर सहमति कार्यान्वयन भएको छैन।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend