Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवीन्द्र मिश्रसहित ४१ जनालाई म्याद थपका लागि अदालत लगिँदै


    बुधबार, चैत्र २० २०८१
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज (बुधबार) अदालत लगिँदैछ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने प्रहरीले जनाएको छ । आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

    पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लैजान लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिल राज बोहराले बताए । उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार