काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच छैटौं बिमस्टेक शिखर सम्मेलनका दौरान साइडलाइन वार्ता हुने भएको हो ।
बैंककमा रहेका नेपाली अधिकारीहरूका अनुसार शुक्रबार स्थानीय समय अनुसार दिउँसो ४ बजे दुई प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीको लामो समयदेखि प्रतिक्षा गरिएको भारतको औपचारिक द्विपक्षीय भ्रमणको लागि यो भेटवार्ताले मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ । ओली प्रधानमन्त्री भएपछि न त उनको भारत भ्रमण सुनिश्चित भएको छ न त भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नै तय भएको छ ।
गत भदौमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । तर ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमण दुवै भएको छैन ।
भारतीय प्रधानमन्त्री मोदी बाहेक प्रधानमन्त्री ओलीले शिखर सम्मेलनको क्रममा अन्य बिमस्टेक नेताहरूसँग पनि साइडलाइन भेटघाट गर्नेछन् । तर भारतीय प्रधानमन्त्री मोदीसँगको भेट बहुप्रतीक्षित मानिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend