काठमाडौँ । नेपाली सेनाको एक जहाज मेडिकल राहतसहित म्यानमार प्रस्थान गरेको छ। भूकम्पबाट प्रभावित म्यानमारमा उद्धार र स्वास्थ्य सहायता प्रदान गर्न यो टोली मंगलबार राति त्यसतर्फ उडेको हो।
टोलीमा चिकित्सक, स्वास्थ्यकर्मी, औषधि र आवश्यक मेडिकल उपकरणहरू समावेश छन्। म्यानमारमा हालै गएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको र घाइतेहरूको संख्या बढिरहेको समाचारहरू आएपछि नेपालले सहयोगको हात अघि बढाएको छ। यो टोलीले करिब ६ दिनसम्म त्यहाँ रहेर उद्धार कार्यमा सहयोग र घाइतेहरूको उपचारमा जोड दिने जनाएको छ ।
नेपाली सेनाले विपद्का समयमा अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरूप यो मिसन सञ्चालन गरेको जनाएको छ। टोलीले म्यानमारको स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावकारी रूपमा राहत कार्य अघि बढाउने योजना बनाएको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रशासनलाई जानकारी दिएको छ ।
यो सहयोगले नेपालको मानवीय संवेदनशीलता र अन्तर्राष्ट्रिय सहकार्यप्रतिको निष्ठालाई उजागर गरेको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend