Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्दोलनकारीको प्रतिकार गर्ने भाटभटेनीका सेक्युरिटी गार्ड पराजुली ५ लाख नगदसहित सम्मानीत


    बुधबार, चैत्र २० २०८१
    745
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भाटभटेनी सुपर स्टोरले कोटेश्वर शाखामा कार्यरत कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ। सोक्रममा भाटभटेनी सुपर मार्केटका सेक्युरिटी गार्ड दुलप्रसाद पराजुली पाँच लाख एक हजार १११ रुपैयाँसहित नगदसहित सम्मानीत भएका छन् ।

    यही चैत १५ गते राजावादी समूहको प्रदर्शनका क्रममाभाटभटेनी सुपर मार्केटमा प्रदर्शनकारीले तोडफोड र लुटपाट मच्चाएका थिए । सोक्रममा सेक्युरिटी गार्ड पराजुलीले प्रतिकार गर्दै आन्दोलनकारीबाट थप लुटपाट र तोडफोड हुनबाट जोगाएका थिए ।

    गार्ड पराजुलीको साहसलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । आन्दोलनकारीले लुटपाट गरिरहँदा गार्ड पराजुलीले प्रतिकार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    यसैबेला भाटभटेनीले उनलाई नगदसहित सम्मान गरेको हो । बुधबार (आज) एक कार्यक्रमबीच राम्रो काम गर्ने कर्मचारीहरुलाई भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सम्मान प्रदान गरेका हुन् । साथै, कार्यक्रममा राम्रो काम गर्ने अन्य गार्ड र कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ ।

    प्रदर्शनकारीबाट तोडफोड र लुटपाटबाट ८० लाख रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ । भाटभटेनी सुपर मार्केटस्का सीईओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । प्रदर्शनकारीले भाटभटेनी सुपर मार्केटस्मा तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।

    भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनको अगाडिको भागमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान भाटभटेनीले जनाएको छ ।

    त्यस्तै, दुई लाख ६५ हजार रुपैयाँका शोकेश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार