Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रीको पुतला जलाइयो, भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगरेको आरोप


    मंगलबार, चैत्र १९ २०८१
    3.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मुकेशकुमार यादव

    सिरहा । सिरहामा भारतीय नागरिकलाई नागरिकता दिने वडाध्यक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखकको पुतलादहन गरेको छ ।

    पूर्वपश्चिम लोकमार्ग सडक अन्तर्गत चोहर्वामा मंगलबार साँझ आक्रोशित  स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् ।

    भारतीय नागरिक मोस्ताक मियाँलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको र उनीहरूलाई प्रहरीले पक्राउ गर्न चासो नदेखाएको स्थानीयहरूको आरोप छ ।

    नरहा गाउँपालिका ३ वडा कार्यालयको सिफारिसका आधारमा भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मियाँले २०८० असार २६ मा जिल्ला प्रशासन सिरहाबाट १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका थिए ।

    यो घटना बाहिरिएपछि मोस्ताकलाई नागरिकता दिलाउन नक्कली बुवा बनाइएका स्थानीय अमानत मियाँलाई प्रहरीले चैत ५ मै पक्राउ गरिसकेको छ ।

    प्रहरीले वडाध्यक्ष अन्सारी र वडासचिव मण्डलको समेत सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि उनीहरु राजनीतिक आडमा खुल्लेआम घुम्दै आएका छन् ।

    नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी एमाले पार्टिबाट निर्वाचित भएका छन् । उनलाई जिल्लाकै केन्द्रिय नेताहरूले संरक्षण गरिरहेको स्थानीयहरुको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार