Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवीन्द्र र धवल भेट्न दोस्रोपटक हिरासत पुगे लिङ्देन


    मंगलबार, चैत्र १९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई भेट्न अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक हिरासत पुगेका छन् ।

    गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र र धवललाई शनिबार साँझ हिरासतमै पुगेर भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए ।

    लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए । मंगलबार बिहान १० बजे राप्रपाकै सांसद ज्ञानेन्द्र शाही पनि उनीहरूलाई भेट्न पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार