Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सविन महर्जनलाई १ गोली लागेको पोस्टमार्टम रिपोर्ट, परिवारलाई जिम्मा लगायो शव


    मंगलबार, चैत्र १९ २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव परिवारको जिम्मा लगाइएको छ ।

    त्रिवि शिक्षण अस्पतालले केहीबेरअघि शव परिवारको जिम्मा लगाएको हो ।

    सविनको शवको आजै पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।

    १५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो । पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार