Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल


    मंगलबार, चैत्र १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम सर्वसाधारणलाई अपिल गरेका हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठक तीनकुनेमा शुक्रवार राजावादीले गरेको हिंसात्मक प्रदर्शन निन्दा गरेको छ । यस्तै घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय सो बैठकले गरेको गुरुङले जानकारी गराए ।

    यस्तै बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र दोषीमाथि गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको गुरुङले जानकारी गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार