Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप २० जना पक्राउ


    मंगलबार, चैत्र १९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

    चैत १५ गते (शुक्रबार) तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु र दर्जनौँ घाइते र तोडफोड तथा आगजनीका घटना भएका थिए । उक्त घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित हाल ६२ जना प्रहरी हिरासतमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार