Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी मोर्चालाई पार्टी एकतामा बदल्ने प्रयास गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय


    मंगलबार, चैत्र १९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विचार मिल्नेहरूसँग पार्टी एकताको प्रयासलाई जारी राख्ने निर्णय गरेको छ ।

    हालै बसेको पार्टीको पोलिटब्युरो बैठकले किरण, आहुति, कञ्चन, मोहन विक्रम लगायतले नेतृत्व गरेका पार्टीहरूसँग सहकार्य र मोर्चा बन्दीको प्रयास गर्ने निर्णय गरेको हो ।

    समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, पार्टी एकताको प्रयास जारी राख्नेलगायत पनि निर्णय गरेको एक स्थायी समिति सदस्यले बताए ।

    बैठकलाई सम्बोधन गर्दै महासचिव ‘विप्लव’ले वर्तमान राजनीतिक संकटको समाधान प्रतिगमन र यथास्थिति नभएको बताउँदै नेपाली विशेषताको समाजवादको निम्ति स्वतन्त्र र संयुक्त पहल गर्ने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार