Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउले आजपनि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    मंगलबार, चैत्र १९ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनदेखि लगातार बढेको सुन आज पनि प्रतितोला १८ सय बढेर हालसम्मकै उच्च भएको हो ।

    हिजो (सोमबार) १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

    गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुन आइतबार १ लाख ७६ हजार ८ सय पुग्यो । सोमबार ११ सय बढेर १ लाख ७७ हजार ९ सय पुगेको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार प्रतितोला दुई हजार ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार