चितवन । चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा। शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ।
भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा रहेको जग्गाको हक हस्तान्तरणका क्रममा अन्य अंशियारको हक मेट्ने गरी लिखत साक्षी बसेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको खुल्न आएको हो।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रुपाखेतीविरुद्ध जालसाजी मुद्दा दर्ता भएको पुष्टि गरे। “जग्गा बेच्दा अन्य अंशियारलाई नसोधी हस्तान्तरण गरिएको भन्दै जालसाजीको फौजदारी मुद्दा दर्ता भएको देखिन्छ,” सूचना अधिकारी विश्वकर्माले बताए।
रुपाखेती हालको केपी ओली नेतृत्वको सरकारका पालामा जर्मनीका लागि नेपाली राजदूत पदमा नियुक्त भएका थिए। संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी राष्ट्रपतिबाट अनुमोदन भएसँगै पदभार ग्रहण गरेका रुपाखेतीविरुद्ध दायर भएको फौजदारी मुद्दाले कूटनीतिक वृत्तमा तरंग उत्पन्न गराएको छ।
उच्च पदस्थ कूटनीतिक अधिकारीको रूपमा रहँदा नैतिकता कायम राख्नुपर्ने भए पनि जालसाजी आरोपमा अदालतसम्म पुग्नु गम्भीर विषय भएको एक कूटनीतिज्ञले नाम नखुलाउने शर्तमा बताएका छन्। उनका अनुसार, सरकार विभिन्न स्वार्थका आधारमा राजदूत नियुक्ति गर्ने प्रवृत्तिका कारण उच्च नैतिक मूल्य नभएका व्यक्तिहरू समेत कूटनीतिक पदमा पुग्ने गरेका छन्।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा राजदूत रुपाखेतीसँग सम्पर्क हुन सकेन।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend