Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशको सर्वदलीय बैठक सुरु


    मंगलबार, चैत्र १९ २०८१
    745
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठक सुरु भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज बिहान ८ बजेका लागि बोलाएको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी सुरु भएको हो ।

    चैत १८ सोमबार अपराह्न ४ः३० बजेका लागि बोलाएको सर्वदलीय बैठक सार्दै सभामुख पाठकले मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाएका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दलको उपस्थिति रहेको छ । नेमकिपा सर्वदलीय बैठकमा सहभागी छैन ।

    सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुङ्ग्याउन सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाई छ ।

    सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकले प्रदेशसभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ ।

    ११० सदस्यीय बागमती प्रदेशसभामा ७ दलको प्रतिनिधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ ९उपसभामुख सहित०, राप्रपा १३ ९सभामुख सहित०, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सांसद सहित प्रतिनिधित्व रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार