विराटनगर । सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ । सोमबार दिउँसो हरिनगर गाउँपालिका-५ मलदैया टोलमा आगलगी हुँदा ९ परिवारले प्रयोग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् । यो टोलमा मुस्लिम समुदायको बसोबास छ ।
इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘इद उल फित्र’ को दिन आगलागी भएको थियो । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । दिउँसो ३ बजे सुरु भएको आगो देवानगञ्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दकमलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी ३१ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार हरिनगरा गाउँपालिका(५ का सिकिन्द्र अली, जुवेर अली, सबिर मियाँ, अबुहेलाल मियाँ, इम्तयाज मियाँ, अस्फाक आलम, अनसाक आलम, प्रवेज मियाँ, इरफान मियाँ, कैसर आलम, पैयाज आलमको घर अन्नपात, लताकपडा र नगद जल्दा ३१ लाख ४९ हजार बराबर क्षति भएको प्रहरीले बताएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend