Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मूर्ति बेचेर बाहिरबाट नेपालमा हेरोइन भित्र्याउने पहिलो व्यक्ति पूर्वराजा ज्ञानेन्द्र हुन्: झलनाथ खनाल


    सोमबार, चैत्र १८ २०८१
    1.9K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चिहानमा गाडेको राजतन्त्र ब्युँतिने कुनै सम्भावना नभएको बताएका छन् । पार्टी निकट खेलकुद महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरूको चरित्र तीनकुने घटनाबाटै प्रस्ट भइसकेको बताएका हुन् ।

    उनले पूर्वराजा ज्ञानेन्द्र शाह मूर्ति चोर भएको दाबी गरेका छन् । नेता खनालले भने, ‘त्यति बेलाका अधिराजकुमारहरू ज्ञानेन्द्र, धीरेन्द्र नेपालको मूर्ति चोर्ने, बाहिर लाने, उनीहरूसँग डिप्लोमेटिक ब्याग हुन्थ्यो । डिप्लोमेटिक ब्यागमा खानतलासी हुँदैन, त्यो खानतलासी नहुने डिप्लोमेटिक ब्यागमा देशका अमूल्य चिजहरू बाहिर लाने र बाहिरबाट हेरोइन जस्ता चिजहरू ल्याउने काम गर्थे ।’

    उनले नेपालको मूर्ति बेचेर नेपालमा सबैभन्दा पहिलो पटक हेरोइन भित्र्याउने मान्छे पूर्वराजा ज्ञानेन्द्र नै भएको आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार