हेटौँडा । नेकपा एमाले मकवानपुरले गणतन्त्रको पक्षमा हेटौँडामा प्रदर्शन गरेको छ। सोमबार आयोजित प्रदर्शनमा र्यालीसहित सिमाचोकमा जागरण सभा गरिएको थियो।
एमालेले हेटौँडाको चार स्थान-—पूर्वमा सानो पोखरा, पश्चिममा हेटौँडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो, र दक्षिणमा फरेष्ट्रिबाट र्याली निकालेर सिमाचोकमा भेला भएको थियो। बजार परिक्रमा गर्दै सिमाचोक पुगेको र्याली अन्ततः सभामा परिणत भएको थियो।जागरण सभालाई एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए।
पछिल्लो समय नेपालमा राजावादीहरूको चहलपहल बढेको भन्दै गणतन्त्रवादीहरूले पनि विभिन्न शक्ति प्रदर्शनका कार्यक्रमहरू आयोजना गर्दै आइरहेका छन् । राजावादीको कार्यक्रम रहेको गत चत्रै १५ गते पनि समाजवादी मोर्चाले काठमाडौंमा एउटा कार्यक्रमको आयोजना गरेको थियो ।
राजावादीहरूको आन्दोलन भनिएको काठमाडौंको तीनकुनेमा गरिएको आन्दोलन अनियन्त्रित हुँदा ठुलो जनधनको क्षति हुन पुगेको थियो । सरकारमा रहेको पार्टीनै सडकमा आउने स्थितिलाई नियाल्दा सरकार प्रति पनि जनताको आशा भरोसा मर्दै गएको देखिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend