Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक


    सोमबार, चैत्र १८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बस्नेगरी बोलाइएको हो ।

    बैठक अपराह्न ४ बजे बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।शर्माका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ ।

    चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि माओवादीले ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने बताउँदै आएको छ ।

    फागुन १२ गतेदेखि सुरु भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान चितवनमा पुगेर स्थगित भएको थियो । बाँकी अभियान बिचबिचमा ‘ब्रेक’ गरेर सञ्चालन गर्ने गरी खाका बनाउने तयारी रहेको नेताहरुले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार