काठमाडौं । सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका-८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का निपु मण्डल (२२ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का विजय यादव (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का करन कुमार महतो (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका- ५ का जोधन मण्डल (२३ वर्ष), गोकर्णेश्वर नगरपालिका-१ का उत्तम मण्डल (४५ वर्ष) र भारत बिहारका सुनिल शर्मा (२९ वर्ष) रहेका छन्।
२०८१ चैत ११ गतेदेखि हराएका साहको शव गाडेको अवस्थामा फेला परेको थियो। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारामा उनको शव चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादका कारण हत्या भएको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend