Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा, तोला कति पुग्यो?


    सोमबार, चैत्र १८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । आइतबारको तुलनामा आज १ हजार १०० रुपैयाँ बढ्दै सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० सय रुपैयाँ कायम भएको हो ।

    जुन मूल्य आजसम्मकै महँगो हो । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार