Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे ५ महिनापछि रास्वपा नेतृत्वमा ‘कमब्याक’ गर्दै रवि


    सोमबार, चैत्र १८ २०८१
    765
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रवि लामिछाने साढे ५ महिनापछि आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिको जिम्मेवारीमा फर्किंदै छन्।

    पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्म पार्टीको जिम्मेवारीबाट अलग छन्।

    कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत परेपछि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएयता रास्वपाको नेतृत्व उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिका रूपमा सम्हालिरहेका छन्।

    अब आज (सोमबार) बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा रविलाई सभापतिको जिम्मेवारीमा फर्काउने प्रस्ताव पेस गरिने र पास भएमा आजै बस्ने केन्द्रीय समितिको दोस्रो बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

    आइतबार बसेको रास्वपा सचिवालयको बैठकले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाउँदै सभापति रविलाई जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो।

    यद्यपि यो प्रस्ताव आज पहिलो चरण बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्र दोस्रो चरण बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता झाको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार