Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभा बैठक बस्दै, सरकारले ल्याएको पाँच अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै


    सोमबार, चैत्र १८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय बैठक आज (सोमबार) बस्दै छ । संसद सचिवालयका अनुसार बैठक आज बिहान सवा ११ बजे बस्न लागेको हो ।

    आजको बैठकबाट सरकारले ल्याएको पाँच अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने सचिवालयले जनाएको छ । अध्यादेश संसद सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ ।

    यी विधेयकहरू सोमबार राति १२ बजेसम्म ऐनमा रुपान्तरित भइसक्नुपर्छ । त्यसैले आजै छलफलसहित पारित गर्ने तयारी गरिएको हो ।

    नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आज दफाबार छलफल गरी प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित गर्ने सहमति भएको छ ।

    यसअघि कुलमान घिसिङको विषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरुद्ध गरेपछि यो प्रक्रिया अघि बढ्न सकेको थिएन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सुरुमै सम्बोधन गर्ने सहमति भएपछि विधेयक पनि पारित हुने भएको हो ।

    दुवै सदनबाट पारित भएपछि यो विधेयक राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुनेछ । र, कानून बन्नेछ ।

    सरकारले संसद अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये गत माघ २ गते जारी भएको भूमिसम्बन्धी अध्यादेश होल्ड भएको छ ।

    गत पुस १४ गते सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, पुस २९ गते जारी भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ९पहिलो संशोधन० अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश पारित गरेर प्रतिस्थापन विधेयक ल्याइएको हो ।

    यी ५ वटै अध्यादेश दुवै सदनबाट स्वीकृत भएर विधेयकको रुपमा संसदमा आएको छ । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार