Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईँले भने- ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ’


    आइतबार, चैत्र १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राजावादी समूहका कमान्डर दुर्गा प्रसाईँले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।

    शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईँले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौँ पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । यसबारे उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’

    त्यसयता फरार रहेका प्रसाईँले केही बेरअघि सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका हुन् । म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईँहरूप्रति लक्षित दुष्मनी होइन । तपाईँहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईँले भनेका छन् ।

    मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्याँस उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईँले भिडियोमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार