काठमाडौं । ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिने वा नदिने भन्ने तय गर्न त २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
‘निवेदकले अन्तरिम आदेशसमेत जारी हुन माग गरेको सम्बन्धमा विचार गर्दा प्रस्तुत निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गाम्भीर्य हेर्दा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले हालसम्म भए गरेका कामकारबाहीहरू यथास्थितिमा राखी अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि उपस्थित हुन मिति २०८१ चैत २६ गतेको पेशी तोकी सोको जानकारी विपक्षीहरू समेतलाई दिनु’ आदेशमा भनिएको छ ।
यससँगै सर्वोच्चले पाथीभरा केबलकार निर्माणका विषयमा कारण देखाउ आदेश दिएको छ । विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।
स्थानीय यामबहादुर लिम्बूसहित आठजनाले पाथीभरा क्षेत्रमा केबलकार बनाउने, बनाउन दिने लगायत सम्पर्ण कार्य तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । यसबाहेक पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर सर्वोच्चमा अन्य दुई मुद्दा विचाराधीन छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend