Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक


    आइतबार, चैत्र १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि २५ अर्ब बराबर तरतला खिच्न लागेको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत उक्त रकम तान्न लागेको हो ।

    यसका लागि बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

    यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी ७ वैशाखमा गरिने राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार