Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र


    आइतबार, चैत्र १७ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।

    गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोडको मुल्याकंन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।

    उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ । ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको महानगर स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार