Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन भोली हुने


    आइतबार, चैत्र १७ २०८१
    1.1K
    Shares
    2017-photo(c)narayan maharjan
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भोली हुने भएको छ ।

    त्रिवि स्ववियु निर्वाचन समितिले आज(आइतबार) एक सूचना जारी गरेर निर्वाचन चैत १८ गते सोमबार हुने जानकारी दिएको हो ।

    सर्वोच्च अदालतले पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि निर्वाचनको मिति आज तय गरिएको हो ।

    यसअघि चैत ५ गते विवादको कारण निर्वाचन हुन सकेको थिएन । सर्वोच्चको फैसाला पछि त्रिवि, केन्द्रीय क्याम्पसलाई निर्वाचन गराउने बाटो खुल्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार