Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा टोली फेरियो


    आइतबार, चैत्र १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली परिवर्तन गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएको थियो ।

    यसअघि सशस्त्र प्रहरी बलका डिएसपी जगदिश हमालको नेतृत्वमा टोली खटिएको थियो । उक्त टोलीलाई हटाएर अहिले डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली पठाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पुरानो टोलीको अवधि पूरा भएकाले परिवर्तन गरिएको हो ।

    अहिले भिभिआइपीलाई दिने सुरक्षा नीतिअनुसार १६ जना सुरक्षाकर्मी खटाइएको छ । गृह स्रोतका अनुसार यसअघि निर्मल निवासमा २५ जना खटिँदै आएका थिए । तर, अब भने नीतिअनुसार १६ जना खटाइएको हो ।

    शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन भएको थियो । प्रदर्शन उग्र बन्दा दुईजनाको ज्यान गएको थियो ।

    पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रदर्शनको कमान्डर भएका थिए । उनकै नेतृत्वमा आन्दोलन भएको थियो । प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको छ । तर, प्रसाइँ फरार रहेको र फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार