Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजावादी आन्दोलन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक जारी


    शुक्रबार, चैत्र १५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो समय राजावादी समूहको प्रदर्शन उग्र रूपमा फैलिँदै गएपछि गृह मन्त्रालयमा आकस्मिक सुरक्षा सम्बन्धी बैठक बसेको छ ।

    देशका विभिन्न स्थानमा राजावादी समूहले प्रदर्शनलाई तीव्र बनाएसँगै उत्पन्न सुरक्षा चुनौतीको समीक्षा गर्न यो बैठक आयोजना गरिएको हो ।

    गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकमा गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

    स्रोतका अनुसार, बैठकमा हालको प्रदर्शनको प्रकृति, यसले निम्त्याउन सक्ने सम्भावित जोखिम र शान्ति(सुरक्षा कायम राख्न आवश्यक रणनीतिबारे गहन छलफल भइरहेको छ ।

    यस्तो अवस्थामा सरकारले स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्न सक्ने संकेत पनि बैठकबाट आउन सक्ने अनुमान गरिएको छ । बैठकको निष्कर्षले आगामी दिनमा सुरक्षा रणनीति कस्तो हुने भन्ने कुराको निर्धारण गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार