काठमाडौं । राजावादीले गरेको प्रदर्शनमा झडप हुँदा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । बानेश्वरतर्फको निषेधित क्षेत्र डोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । उक्त झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।
झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ । यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् । राजावादीहरु अराजक बन्दा अहिले तिनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ भने पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको छ ।
राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक व्यक्तिको घरमा आगलागी भएको छ । राजावादीको कार्यक्रमस्थल नजिकै रोयल ब्याङ्क्वेट सँगै जोडिएको घरमा आगलागी भएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend