Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गणतन्त्रवादी र राजावादीको प्रदर्शनका कारण तिनकुने-नयाँ बानेश्वर सडक पूर्णरुपमा बन्द


    शुक्रबार, चैत्र १५ २०८१
    950
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडक बन्द गरेर सुरक्षा व्यवस्था मिलाएको छ ।

    नयाँबानेश्वर चोकबाट तिनकुनेतर्फ जान रोकिएको छ भने तिनकुनेबाट सिभिल अस्पताल अगाडितर्फबाट संसद भवनतिर आउने सडक बन्द गरिएको छ । प्रहरीले ब्यारिकेड राखेर सडक बन्द गराएको हो। हतियारसहितका सुरक्षाकर्मीहरु तैनाथ छन् । सो सडक खण्ड पूर्णरुपमा बन्द गरिएको छ ।

    गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकहरुमा सवारी आवागमन अस्तव्यस्त भएको छ । तिनकुने क्षेत्रमा राजावादीहरुको सभा हुँदैछ । भक्तपुर, चाबहिललगायतका क्षेत्रबाट ¥यालीसहित राजाका समर्थकहरु पुग्ने क्रम जारी छ ।

    राष्ट्रिय झण्डा बोकेका उनीहरुले राजसंस्था पुनस्र्थापना, गणतन्त्र खारेजी लगायतका माग राख्दै नारा लगाएका छन् । कतिपयले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि चर्का नारा लगाएका छन् । केहीबेर अघि तिनकुनेबाट नयाँबानेश्वरतर्फ आउने सडकनेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । तर, अहिले अवस्था सामान्य देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार