Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमान घिसिङ र हितेन्द्र शाक्यको निवेदन न्यायाधीश मुसलमानको इजलासमा


    शुक्रबार, चैत्र १५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

    निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट निवेदन सुनुवाईका लागि न्यायाधीश मुसलमानको इजलासमा परेको हो । घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौँ नम्बरमा रहेको छ ।

    घिसिङले आफूलाई गैरकानूनी रूपमा पदमुक्त गरेकाले सरकारको निर्णय बदर गरेर पुनस्थापनाको माग गर्दै रिट दायर गरेका छन् भने शाक्यले आफू पनि यसअघि घिसिङझैँ पदमुक्त भएको विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।

    घिसिङ र शाक्य दुवै बुधबार साँझ सर्वोच्च पुगेका थिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार