Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हराएको १५ दिनपछि विमलाको शव गाडिएको अवस्थामा भेटियो


    शुक्रबार, चैत्र १५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मङ्गलबारे । इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि गाडिएको अवस्थामा फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए । शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।

    देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल महिला गएको अवस्थमा यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार