काठमाडौँ। संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित भई मूल समितिलाई बुझाइएको छ।
नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले विधेयकको प्रतिवेदन पारित गर्दै राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको हो।
बिहीबार सिंहदरवारस्थित समितिको सभाकक्षमा उपसमितिका संयोजक बडूले समितिका सभापति रामहरि खतिवडालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
उपसमितिले विधेयकका अधिकांश विषयमा सहमति जुटाए पनि अवकाश लगत्तै संवैधानिक नियुक्ति वा परामर्शदाताको रूपमा काम गर्नका लागि तोकिएको ‘कुलिङ पिरियड’ प्रावधानबारे थप छलफल आवश्यक रहेको भन्दै मूल समितिलाई सिफारिस गरेको छ।
निजामती सेवाका कर्मचारीहरूको अवकाश उमेर ६० वर्ष बनाउने विषयमा सहमति जुटिसकेको छ। तर, यो प्रावधान एकैपटक लागू गर्ने कि क्रमशः ५९ हुँदै ६० वर्षमा पुर्याउने भन्ने विषयमा अझै निर्णय भएको छैन। यसबारे मूल समितिमा थप छलफल हुनेछ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend