Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलाकार मदनकृष्णले भने- ‘कुलमान हटाएकोमा जनता खुसी छैनन् है, सरकार’


    बिहिबार, चैत्र १४ २०८१
    850
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले बिधुत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाएकोमा असन्तुष्टी जाहेर गरेका छन् । उनले कुलमान हटाउने सरकारको निर्णयले जनता खुसी नभएको पनि उल्लेख गरेका छन् ।

    ‘एउटा समारोहमा माईकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बतीहरू सबै निभे । लोड सेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ । एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कूलमान घिसिङको नाम लिएका थिए,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम– कुलमान घिसिङ ।’

    उनी अगाडी लेख्छन, ‘हरेक लक्ष्मी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झिने बिषेश नाम ‘कुलमान घिसिङ’, लोड सेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय बन्न सफल ब्यक्ती हुन् – ‘कुल मान घिसिङ’, उनले कुलमान सम्झिदै लेखेका छन, ‘नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त, ‘कुलमान घिसिङ’ ।’

    हालै केपी शर्मा ओलीले घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाइ नियुक्ति गरेकोमा चौतर्फी बिरोध भइरहेको बेला श्रेष्ठले सरकारलाइ झकझकाउँदै भनेका छन, ‘कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन् है सरकार, पटक्कै खुशी छैनन् । तमसोमा ज्योतीर्गमय

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार