काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । २५ वर्षीय एक युवकले ३० वर्षका अर्का युवकको हत्या गरेका हुन्।
रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले रामेछाप नै घर भएका ३० वर्षीय रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मी जानकारी दिए।
मध्यराति खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाएको छ। खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आरोपीले प्रहरीलाई दिएका छन्।
मृतकको घाँटीको दुवै भाग र गालामा खुकुरीको चोट देखिएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले पनि मृतक युवा पक्राउ परेका युवककी बहिनीसँग प्रेम सम्बन्धमा रहेको बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी रेग्मीले बताए।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend