Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इमाडोलमा मध्यराति एकान्तमा बोलाएर एक युवकको खुकुरी प्रहार गरी हत्या


    बिहिबार, चैत्र १४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । २५ वर्षीय एक युवकले ३० वर्षका अर्का युवकको हत्या गरेका हुन्।

    रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले रामेछाप नै घर भएका ३० वर्षीय रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मी जानकारी दिए।

    मध्यराति खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाएको छ। खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आरोपीले प्रहरीलाई दिएका छन्।

    मृतकको घाँटीको दुवै भाग र गालामा खुकुरीको चोट देखिएको प्रहरीले जनाएको छ।

    स्थानीय बासिन्दाले पनि मृतक युवा पक्राउ परेका युवककी बहिनीसँग प्रेम सम्बन्धमा रहेको बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी रेग्मीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार